आगलागीबाट तीन घर जले, ४५ लाखको क्षति

आगलागीबाट तीन घर जले, ४५ लाखको क्षति

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका-३ भोर्लेनीमा शुक्रबार साँझ आगलागी हुँदा ४५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। 

कोशी किनारको जंगलबाट सल्किएको आगो अचानक गाउँ प्रवेश गर्दा स्थानीयको तीन वटा घर र ६ वटा ग्वाली जलेर नष्ट भएका हुन्। आगलागीबाट मनकुमारी राई, जगत राई र गउनकुमारी राईको घर र ग्वाली पूर्ण रुपले जलेर नष्ट भएको वडाध्यक्ष दिपेन्द्र दाहालले बताए। 

त्यसैगरी मदनराज राई, रामबहादुर राई र गोविन्द नेपालीको ग्वाली नष्ट भएको उनले बताए। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाका अनुसार आगलागीबाट ४५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक विवरण आएको छ। 

आर्थिक रुपले तीनै परिवार विपन्न रहेको र खाद्यान्न सामग्री सबै नष्ट भएकाले सहयोग गरिदिन सामाजिक संजालमार्फत वडाध्यक्ष दाहालले अपिल गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.