मतदातालाई त्रुटि सच्याउन सात दिन

मतदातालाई त्रुटि सच्याउन सात दिन
सुन्नुहोस्

उदयपुर : निर्वाचन आयोगले मतदाता नामावलीमा रहेको त्रुटि सच्याई अन्तिम नामावली प्रकाशन गर्ने गरी समय तालिका सार्वजनिक गरेको छ। आयोगले मातहतको निकाय जिल्ला निर्वाचन कार्यालयमार्फत मतदातामा रहेको त्रुटि सुधार गर्दै अद्यावधिक गरी अन्तिम नामावली प्रकाशनका लागि समय उपलब्ध गराएको हो। 

कार्यालयले जिल्लास्थित राजनीतिक दल र सरोकारवाला निकायसँग अन्तरक्रिया गरी आयोगले अद्यावधिकका लागि सार्वजनिक गरेको समय तालिकाका बारेमा जानकारी गराएको हो। निर्वाचन अधिकृत दीपक दाहालका अनुसार फागुन २८ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन  गरिसकेको छ। 

त्यसैगरी २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भएको विरोधमा उजुरी दिने समय दिएको उनले बताए। मतदाताले त्रुटि सच्याउनका लागि आयोगको अनलाइन एप्लिकेशन, निर्वाचन कार्यालय वा पालिकाका वडा कार्यालयमा निवेदन दिने व्यवस्था मिलाएको अधिकृत दाहालले बताए।

त्यस्तै उक्त समय भित्रै कुनै व्यक्तिको एकभन्दा बढी स्थानमा नामावली समावेश भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिने समय तालिकामा उल्लेख छ। 

यसैगरी सोही मितिमा वडा कार्यालयमा दर्ता भएका निवेदन प्राप्त गर्ने, बसाइँ सरी अन्यत्र गएका वा मृत्यु भएकाको विवरण स्थानीय पञ्जिकाधिकारीबाट र नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालय प्राप्त गर्ने व्यवस्था मिलाइएको छ। 

यसोगर्दा सूचना वा निवेदन प्राप्त नभए तापनि कुनै मतदाता बसाइँ सरी गएको, मृत्यु भएको, नागरिकता त्याग वा रद्द भएको प्रमाणित विवरण प्राप्त गर्न सक्ने तालिकामा उल्लेख छ। तालिका अनुसार चैत ६ देखि ८ गतेसम्म उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने, चैत ९ देखि १२ गतेसम्म नामावलीबाट हटाउने सम्बन्धमा आवश्यक छानबिन गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटि सच्याउने, नाम हटाउने लगायतका काम गर्ने छन्। 

यसरी नाम हटाइएको सूचना चैत १२ देखि १५ गते भित्र निर्वाचन र वडा कार्यालयमा प्रकाशन गर्ने र फरक–फरक जिल्लामा दोहोरो नाम परेको निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको डाटासँगै आयोग पठाउने र चैत २२ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको अधिकृत दाहालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.