नेपाल- भारत सीमा समन्वय बैठक : पूर्णागिरि मेला र लोकसभा निर्वाचन सुरक्षा व्यवस्थाबारे छलफल

नेपाल- भारत सीमा समन्वय बैठक : पूर्णागिरि मेला र लोकसभा निर्वाचन सुरक्षा व्यवस्थाबारे छलफल
महेन्द्रनगरमा भएको नेपाल–भारत सीमा समन्वय । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

महेन्द्रनगर : बुधबार महेन्द्रनगरमा नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र भारतको चम्पावतका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।

बैठकमा स्थानीय स्तरमा रहेका चासोका विषय र समस्याका विषयमा छलफल भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए ।

'विशेषगरी भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा व्यवस्था र अन्य विषयमा छलफल भएको छ,'प्रजिअ अधिकारीले भने,'लगत्तै हुने पूर्णागिरी मेला व्यवस्तित गर्ने विषयमा पनि दुबै पक्ष सहमत भएका छौं ।'

 
बैठकमा सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप र लागुऔषध नियन्त्रणलगायतका विषयमा दुबै देशका सुरक्षा अधिकारीहरू सहमत भएका छन् । भारतको चम्पावतका डीएम नवनित पाण्डेयले बैठकमा सकारात्मक छलफल भएको बताए । 

'भारतमा हुन लागेको लोकसभा निर्वाचन र स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि छलफल भयो,'उनले भने,'२०२५ सम्म उत्तराखण्डलाई नशामुक्त गर्ने अभियान छ त्यसमा नेपालको तर्फबाट पनि प्रतिवद्धता छ ।'उनले लागुऔषध नियन्त्रण गर्नका लागि दुबै देश प्रतिवद्ध रहेको बताए ।

बैठकमा नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार,सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी,कञ्चनपुरका एसपी चक्रराज जोशी,शसस्त्र प्रहरी बल कञ्चनपुरका एसपी खगेन्द्र बहादुर चन्द र कञ्चनपुर जिल्ला स्थित कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो । 

भारतका तर्फबाट चम्पावतका डीएम नवनित पायडेयलगायत सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो । बैठकपछि भारतका सुरक्षा अधिकारीहरूलाई यहाँको शुलफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गराइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.