दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
दुर्घटनामा परेको बाइक। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका- ७ होक्सेमा सवारी दुर्घटनाबाट सोमबार बिहान मोटरसाइकल चालकको ज्यान गएको छ । मदन भण्डारी स्मृति लोकमार्गको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–०१–०१६–प–४७६ नम्बरको एनएस मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स.१.ख.८१६ नम्बरको यात्रुवाहक बस ठोकिदा दुर्घटना भएको हो।

दुर्घटनामा इलामको सुर्योदय नगरपालिका -११ का २३ वर्षीय प्रदित राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश थापा जानकारी दिए । उनी झापाली नामको युट्युब चलाउने वाइक राइडर भएको परिचयपत्रबाट खुलेको छ । 

घटनालगत्तै प्रहरीले सवारी र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरू गरिएको एसपी थापाले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.