भेडीलाई चराउँदै गोठाला दुई
यता र उति नि हेर्दछन् तिनी
अनौठो स्वरमा वाणी भो त्यही
अदृश्य शक्तिले मेरा बाबा अदृश्य शक्तिले।
गरिदेऊ सेवा, गरिदेऊ पूजा
मनमा भक्तिले मेरा बाबा मनमा भक्तिले।
उत्पत्ति भइन् नि ती पाथीभरा
हिमालको छेउमा मेरा बाबा हिमालको छेउमा।
भुरुरु निस्के नि भेडाका बथान
हराकै ठाउँमा मेरा बाबा हराकै ठाउँमा।
मनका इच्छा नि पूरा भैजाने
देवीको दर्शन मेरा बाबा देवीको दर्शन।
फूल र पाती नि धूप र बत्ती
चढाई फर्क न मेरा बाबा चढाइ फर्क न।