बागमतीमा कांग्रेसका ६ मन्त्रीद्वारा राजीनामा

बागमतीमा कांग्रेसका ६ मन्त्रीद्वारा राजीनामा
फाइल तस्बिर।
सुन्नुहोस्

हेटौंडा : केन्द्रमा सत्ता समीकरणको फेरबदलसँगै बागमती प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्तासहित ६ मन्त्रीले राजीनामा दिएका छन् । बुधबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई एकसाथ उनीहरूले सरकारलाई दिएको समर्थन फिर्तासहित राजीनामा पत्र बुझाएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा कांग्रेसका ६, एकीकृत माओवादीका ३ र एकीकृत समाजवादीका २ मन्त्री रहेका छन् । जसमध्ये कांग्रेसको तर्फबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, ऊर्जा खानेपानी तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन र स्वास्थ्यमन्त्री उत्तम जोशीले राजीनामा दिएका हुन् । 

कुल १ सय १० जना प्रदेशसभा सदस्य रहेको बागमतीमा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र हस्तातरण गर्दै कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले केन्द्रमा सत्तासमीकरणमा आएको परिवर्तनसँगै आएको फेरबदलले राजीनामा दिन परेको बताए। 

‘यो प्रजान्तत्रिक अभ्यास रहेकाले त्यसलाई मार्ग प्रदान गरी दिएका छौं’, उनले भने, ‘अब हामी नैतिकताको हिसाबले पनि सरकारमा बस्न मिल्दैन । हामीले सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिएका छौं ।’ अहिले प्रतिपक्ष दलको हिसाबले बाहिर बस्ने र सरकारले विश्वासको मत लिन नसकेको अवस्थामा संसद्मा ठूलो दलको हिसाबले संविधानका धाराहरू टेकेर अघि बढ्ने लामाले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.