महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा

महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

महेन्द्रनगर : सुदूरपश्मिमा पहिलो पटक बाल क्यान्सर तथा रक्त रोग विशेषज्ञ सेवा सुरू भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशीक अस्पतालमा बाल क्यान्सर तथा रक्त रोग विशेषज्ञ डा.इच्छा ढकाल आएपछि सुदूरपश्चिममै पहिलो पटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा सुरू भएको महाकाली प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले जानकारी दिए ।

'अस्पतालमा पहिलो पटक बाल क्यान्सर तथा रक्त रोग विशेषज्ञ आउनु भएको छ,'डा.भट्टले भने,'बालबालिका हुने क्यान्सरको पहिचान गर्न र समयमै उपचार गरि निको पार्न सकिन्छ ।' महाकाली प्रादेशीक अस्पतालका बाल क्यान्सर तथा रक्त रोग विशेषज्ञ डा.इच्छा ढकालले बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव रहेपनि बाल क्यान्सर हुनै नदिने गरी रोकथाम गर्न कठिन हुने बताइन् ।
'वयस्कहरूले धुमपान तथा मद्यपान सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्यान्सरबाट जोगिन सकिन्छ,'डा.ढकालले भनिन्,'बालबालिकामा हुने क्यान्सर अलि फरक छ वयस्कलाई झै रोकथामका उपायहरू अपनाउन सकिँदैन।'

उनका अनुसार बालबालिकामा रक्त क्यान्सर (ब्लड क्यान्सर), ग्रन्थि आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन । सामान्यतया बालबालिकालाई लामो समयसम्म ज्वरो आउने तर ज्वरोको कतिपय अवस्थामा रगत बग्ने, शरीरमा निलो डाम देखापर्ने गर्छ । 

उनले क्यान्सरका बिरामी अन्तिम समयमा अस्पतालमा पुग्ने गरेको बताइन । 'क्यान्सरका बिरामीहरू ढिलो गरि अस्पतालमा उपचारका लागि आउने गरेका छन,'डा.ढकालले भनिन्,'समयमै उपचार गर्न सके क्यान्सर रोग निको पार्न सकिन्छ ।'

उनले  समयमै उपचारका लागि अस्पताल आए रोग निको पार्न सकिने बताइन् । महाकाली अस्पतालमा जनशक्ति र उकरण अभावले क्यान्सरको उपचार सम्भव नभएपनि क्यान्सरको पहिचान गरि समयमै उपचार गर्न सके यसको निदान सम्भव  रहेको उनको भनाइ छ । 

डा. ढकालले ढाकाबाट बाल क्यान्सर रोग विशेषज्ञको उपाधी प्राप्त गरेको ढकालले कान्तिबाल अस्पताल र ह्याम्स अस्पतालमा लामो समय काम गरेको अनुभव छ ।  महाकाली प्रादेशीक अस्पतालका अध्यगम कृष्णानन्द भट्टले पछिल्लो समय अस्पतालमा विशेषज्ञ सेवा थप्दै गएको बताए । 

'अस्पतालमा २८ जना विषेशज्ञ चिकित्सकको दरबन्दी भएपनि अहिले १३ वटा विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन्,'उनले भने,'अस्पतालले गाइनोलगायतका विशेषज्ञ सेवा थप्दै छ ।' अस्पतालमा विशेषज्ञ सेवा थपिएपछि यहाँका स्थानीय हर्षित बनेका छन्।

 


 
 
    
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.