बाराको ग्यारेजमा भएको विष्फोटमा थप एक जनाको मृत्यु

बाराको ग्यारेजमा भएको विष्फोटमा थप एक जनाको मृत्यु
सुन्नुहोस्

सिमराः बाराको निजगढ ७ स्थित गाडी मर्मत गर्ने कारखाना (ग्यारेज) मा सोमबार भएको शंकास्पद वस्तु विष्फोटको घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। विष्फोटमा परि गम्भीर घाईते भएका एक भारतीय नागरिकको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

मृत्यु हुनेमा भारत गवाईका ३५ वर्षीय राकेश जयसवाल रहेका बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन्। विष्फोटमा परेका उनको खुट्टाको शल्यक्रिया समेत गरिएको  थियो। 

जयसवालको मृत्यु भएसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। यसअघि रोहित वर्कशप ग्यारेज संचालक ४५ वर्षीय रेशम मगरको मृत्यु भएको थियो। लेथमा फलाम जस्तो देखिने वस्तु काट्ने क्रममा विष्फोट हुँदा मगरको शरीरमा गम्भीर चोट लागेको थियो।

घटनामा अन्य चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा वीरगन्ज ९ का २० वर्षीय रितु रजत र भारत रामघढवाका २० वर्षीय अरविन साह रहेका छन्। उनीहरुको बयोधा अस्पतामा उपचार भइरहेको छ। घटनामा वीरगन्ज ९ का फिरोद देवान र निजगढ ५ का सुर्यबहादुर थापा सामान्य घाइते भएका छन्।

निजगढ ७ स्थित रोहित वर्कशपमा भएको उक्त घटनामा विष्फोट भएको वस्तुको पहिचान हुन सकेको छैन। यसअघि सिलिण्डर पड्किएको भनेर सूचना प्रवाह गरेको प्रहरीलेसमेत आफ्नो सूचना सच्याउँदै शंकास्पद वस्तु भनेको छ। 

घटनास्थलमा फलामको टुक्रा भेटिएका छन्। उक्त टुक्रालाई प्रहरीले ल्याब परीक्षणका लागि पठाउने तयारी गरिरहेको छ। बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले विष्फोट भएको उक्त वस्तु अहिले शंकास्पद रहेको र ल्याब परीक्षणपछि मात्रै भन्न सकिने बताए।

प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि एक कवाडी संचालकसहित केही व्यक्तिलाई पक्राउ गरेको छ। कवाडी संचालकले उक्त वस्तु काट्नका लागि भन्दै ग्यारेजमा लगेका थिए। फलामजस्तो देखिने उक्त वस्तुभित्र तामा रहेको भन्दै कवाडी संचालकले एक सय रुपैयाँ दिएर ग्यारेजका संचालकलाई लेथ मेसिनबाट काट्न लगाएका थिए। 

उक्त विष्फोटक वस्तु कवाडी संचालकले कहाँबाट ल्याए भन्ने अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्ले बताए। घटनालगत्तै फरार भएका कवाडी संचालकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.