राष्ट्रपति रनिङ शिल्डमा सामुदायिक विद्यालयहरूलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डमा सामुदायिक विद्यालयहरूलाई उपाधि

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकामा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्डमा सामुदायिक विद्यालयहरूले वर्चस्व जमाएका छन्। प्रतियोगिताको प्रथम, द्वितीय र तृतीयको उपाधि सामुदायिक विद्यालयहरूले आफ्नो कब्जामा पारेका हुन्।

जनता माध्यमिक विद्यालय नक्टाझिजले १९ पदकसहित प्रतियोगिताको प्रथम उपाधि चुमेका छन्। उक्त विद्यालयले १२ स्वर्ण, ४ रजत र ३ कास्य  पदक हासिल गरेको छ। 

यस्तै सार्वजनिक माध्यमिक विद्यालय बेंगाडावरले ३ स्वर्ण, ९ रजत र ३ कास्य गरी १५ पदकसहित द्वितीय स्थान हासिल गरेको प्रतियोगिता संयोजक विश्वनाथ महतोले जानकारी दिए। उनका अनुसार महेन्द्र माध्यमिक विद्यालय ढल्केवरले ३ स्वर्ण, ४ रजत र  ७ कास्य गरी १४ पदकसहित तृतीय स्थान ल्याएको हो।

प्रतियोगितामा आदर्श राष्ट्रिय माध्यमिक विद्यालय लालगढले ३ स्वर्ण, ३ रजत र २ कास्यसहित ८ पदक, लालगढ नमुना विद्या सदन लालगढले ३ स्वर्ण, २ रजत र १ कास्यसहित ६ पदक, सनफलावर इङ्गलिस बोडिङ स्कुल बेंगाडावरले २ स्वर्ण, २ रजत र २ कास्यसहित ६ वटा पदक जितेको हो।

त्यसैगरी विनायक इङ्गलिस बोडिङ स्कुल ढल्केवरले २ स्वर्ण, ३ रजत र ७ कास्यसहित १२ पदक, माध्यमिक विद्यालय तुलसी चौडाले १ रजत र १ कास्यसहित २ पदक, जनता माध्यमिक विद्यालय हरिहरपुर र चिल्ड्रेन गार्डेन इङ्गलिस बोडिङ स्कुल ढल्केवरले समान ३–३ कास्यपदक हासिल गरेको प्रतियोगिता संयोजक महतोले जनाए।

प्रतियोगितामा भलिबल, कबड्डी र एथ्लेटिक्सतर्फका खेलहरू गराइएको थियो। जसमा नगरभित्रका ६ सामुदायिक र ४ निजी गरी १० वटा विद्यालयले प्रतियोगितामा भाग लिएका थिए।

मिथिला नगरपालिकाको आर्थिक सहयोगमा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जनता माध्यमिक विद्यालय नक्टाझिजले आयोजना गरेको मिथिला नगरपालिकाका प्रवक्ता रामबहादुर स्याङ्दनले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.