छाडा चौपाया व्यवस्थापन नहुँदा नगरवासीलाई सास्ती

छाडा चौपाया व्यवस्थापन नहुँदा नगरवासीलाई सास्ती
सुन्नुहोस्

बुटवल : बुटवलका चोकचोकमा छाडा चौपायाका कारण बुटवलवासीले सास्ती खेपिरहेका छन्। महिनौदेखि बजारभरीका छाडा चौपायाले पैदलयात्रीदेखि व्यवसायीलाई सास्ती दिने गरेको छ। 

चौपायाकै कारण दिनहुँजसो सडक दुर्घटना हुने गरेको ट्राफिक प्रहरी बताउँछन्। ‘छाडा चौपायाको व्यवस्थापन गर्ने प्रमुख दायित्व बुटवल उपमहानगरपालिकाको हो’, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भने,‘पटक पटक उपमहानगरको ध्यानाकर्षण पनि गराएका छौँ। तर, व्यवस्थापन भएको छैन।’ 

यसले व्यवसायीको सुरक्षासँगै सडकको सौन्दर्यता र बजार अस्तव्यस्त बनाएको उनले बताए। छाडा चौपाया हेरेर नगरपालिका ‘रमिते’ बनिरहेको समेत व्यवसायीको आरोप छ। 

व्यवस्थापनमा उपमहानगरपालिकाले छिट्टै अगुवाइ गर्न र त्यसमा साथ दिन सबै उद्योगी, व्यवसायीहरू तयार रहेको अर्यालले बताए। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलको पुष्पलाल पार्कदेखि राजमार्ग चौराह, भित्री सडकमा पर्ने मिलनचोक, देविनगर, कालिकापथ, बुद्धनगरसहित अमंरपथ, गोलपार्क, ट्राफिकचोक लगायत क्षेत्रमा छाडा चौपायाले व्यवसायीलाई सास्ती दिने गरेको छ। 

नगरप्रमुख खेलराज पाण्डेयले छाडा चौपाया व्यवस्थापन गर्ने बारेमा काम भइरहेको बताए। उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले छाडा चौपाया व्यवस्थापन गर्ने विषय चुनौती बनिरहेको प्रतिक्रिया समेत दिइरहेका छन्।  

यसअघि  नगरप्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिका-७ स्थित शिव सामुदायिक वनले गौशाला राख्नका लागि अनुमति नदिँदा छाडा चौपायाको नियन्त्रण र व्यवस्थापन गर्न समस्या भइरहेको बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.