श्रीमती र छोराको हत्या गरी प्रहरी जवानले गरे प्रहरीमा आत्मसमर्पण
दाङ : दाङको घोराहीमा एकजना प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।
शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपालीले आइतबार सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।
रोल्पा घर भएका नेपाली दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।