नेपाललाई हिन्दू राष्ट्र बनाएरै छाड्छौं : राप्रपा नेता सिंह
हेटौंडा : राप्रपा नेता दीपकबहादुर सिंहले नेपाललाई विश्वको एकमात्र हिन्दू राष्ट्र बनाएरै छाड्ने बताएका छन्। बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले नेपालमा ९२ प्रतिशतले हिन्दू धर्म मान्ने दाबी गरे।
'विश्वका विकसित भनिएका देशहरूले समेत हिन्दू धर्मलाई अवलम्बन गर्दे अघि बढिरहेका छन्। हामी नेपालीहरू भने आफ्नो धर्म सकाउने खेलमा अघि बढिरहेका छौं। देशमा भएका उद्योग काराखाना खाएर सकाए। कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रहरू अस्तव्यस्त छन्। बेरोजगारी समस्या अत्यधिक छ। राज्यका काम गर्ने अंगहरूले काम गर्दैन,' उनले भने।