राम लाला अब टेन्टमा होइन, दिव्य मन्दिरमा बस्छन् : भारतीय प्रधानमन्त्री मोदी

राम लाला अब टेन्टमा होइन, दिव्य मन्दिरमा बस्छन् : भारतीय प्रधानमन्त्री मोदी
सुन्नुहोस्

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सदियौंदेखिको प्रतिक्षापछि राम आइपुगेको बताएका छन्। अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठापछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राम लाला अब दिव्य मन्दिरमा बस्ने बताए।

'आज हाम्रा राम आइपुगेका छन्। सदियौं प्रतिक्षापछि हाम्रा राम आइपुगेका हुन्। हाम्रा राम लाला अब टेन्टमा बस्दैनन्, अब दिव्य मन्दिरमा रहन्छन्,' उनले भने।
उनले आजको दिन दिनमात्र नभएर नयाँ कालचक्रको उदगमसमेत भएको बताए। उनले आजको क्षण अलौकिक र पवित्र रहेको बताए। 'सदियौंदेखिको प्रखाइबाट रामले मन्दिर पाएका छन्। यो क्षण अलौकिक र पवित्र छ। यो एउटा तारिखमात्र होइन, नयाँ कालचत्रको उदगम पनि हो। श्रीरामको हाम्रो सबैमा आशिर्वाद छ,' उनले भने।

उनले आजको दिनलाई हजारौं वर्ष चर्चा हुने बताए। 'यो सामान्य समय होइन। कालचक्रको नयाँ रूपरेखा हो। हजार वर्षपछि पनि आजको दिनलाई चर्चा गर्नेछन्। यो रामको यति ठूलो कृपा हो कि हामी सबै यो समयलाई देखिरहेका छौं। भोगिरहेका छौं,' उनले भने।
 
उनले रामसँगै पवनपुत्र हनुमानलाई पनि सम्झिएका थिए। 'म हनुमान, माता जानकी, लक्ष्मण भरत सबैलाई प्रणाम गर्न चाहन्छु। म दैवीय अनुभव गरिरहेको छु। जसको कृपाले यो महान् कार्य भइरहेको छ,' उनले भने।

मन्दिर स्थापनाका लागि यति धेरै समय लागेकोमा प्रधानमन्त्री मोदीले रामसँग क्षमा मागेका थिए। 'रामसँग क्षमा पनि माग्न चाहन्छु। हाम्रो पूजामा केही त कमी भयो। यति सदियौंसम्म पूरा गर्न सकेनौं। रामले अवश्य हामीलाई क्षमा गर्नेछन्,' उनले भने।

उनले राम मन्दिरका लागि कानुनी लडाइँ लड्नुपरेको भन्दै न्यायको पर्याय राम मन्दिर बनेको स्पष्ट पारे। उनले अहिले पनि केही तप्काले राम मन्दिर स्थापना गरे आगो लागाउने तत्वहरूलाई भारतीय समाजको भावनामाथि ठेस पुर्‍याइरहेको बताए। मोदीले राम मन्दिरले आगोलाई नभएर ऊर्जाको जन्म दिएको बताए।

'राम आगो होइन, राम ऊर्जा है। राम विवाद होइन, राम समाधान हो। राम हाम्रोमात्र होइन, राम सबैको हो। राम वर्तमानमात्र होइन, राम अन्नतकाल हो,' उनले भने। उनले यो मन्दिर देव मन्दिरमात्र नभएर भारतको दीगदर्शनको मन्दिर हो भएको बताए। 'राम भारतको आस्था हो, भारतको आधार हो, भारतको विचार हो, भारतको विधान हो। राम भारतको चिन्तन हो, नीति र निरन्तररता हो,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.