रोजगार मेलाको आकर्ण बन्यो विद्यार्थीले बनाएको कोदोको म:म र मकैको रोटी

रोजगार मेलाको आकर्ण बन्यो विद्यार्थीले बनाएको कोदोको म:म र मकैको रोटी
सुन्नुहोस्

महेन्द्रनगर  : महेन्द्रनगरस्थित ब्रिष्टन कलेजले आयोजना गरेको रोजगार मेलामा अवलोकनकर्ताको आकर्षणमा कोदोको मःम र मकैको रोटी परेको छ । बिहीबारदेखि सुरु भएको रोजगार मेलामा सो कलेजका विद्यार्थीले स्थानीय परिकारलाई प्रवद्र्धन गर्न ‘पश्चिमेली चुलो’सञ्चालनमा ल्याएका छन् । 

समूह समूह बनाएर स्थानीय खानाका परिकार प्रवर्द्धन गरिरहेको विद्यार्थी बिन्दु विष्टले बताइन् । 'हाम्रो मुख्य उद्देश्य स्थानीय खानाका परिकारलाई प्रोत्साहन र प्रवर्द्धन हो,'उनले भनिन।'

कोदोको मःम बनाउँदै गरेका विद्यार्थी ज्योति थापाले आफूले तयार पारेका परिकार धेरैले रुचाएको प्रतिक्रिया दिइन्। 'मैदाको मःमको साटो कोदोको मःम धेरैले रुचिपूर्वक खानुभएको छ,'उनले भनिन् । उनले चिसो मौसममा कोदो शरीरका लागि फाइदाजनक भएको बताइन्।

null

पढाइ सँगसँगै व्यवहारिक ज्ञानको क्षमता विकासका लागि मेलाले फाइदा पुर्‍याएको उनको भनाइ छ।  व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीलाई कक्षाकोठामा सिकेको सीपलाई व्यवहारमा लागूगरी स्वरोजगार बन्न सिकाउनका लागि मेला आयोजना गरिएको कलेजका प्रिन्सिपल निशा भट्टले बताए ।

 उनले उत्कृष्ट व्यापारिक योजना भएका विद्यार्थीलाई व्यवसाय सञ्चालन गर्न कलेजले बिनाधितो,बिनाब्याज ४० हजार ऋणसमेत प्रदान गर्ने जानकारी दिए ।  'रोजगार मेलाको उद्देश्य विद्यार्थीको सीप र क्षमता प्रदर्शन गर्न र उद्यमशीलतातर्फ उन्मुख गराउनु हो,'उनले भने, 'उत्कृष्ट व्यापारिक योजना भएका विद्यार्थीलाई हामीले आर्थिक सहयोग प्रदान गरेका छौँ ।'

मेलामा स्थानीय थारु परिकार डिक्री र कोदोको मःम, मट्का चिया,मासको बटुकलगायत परिकार छन् ।  मेलामार्फत विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा अवसर खोज्न र आफ्नो क्षमता परीक्षण गर्न सहयोग पुगेको विद्यार्थीहरूको  बुझाइ  छ। कक्षाकोठामा सिकेको सीपलाई व्यवहारमा लागू गर्न मेला फाइदाजनक हुने विद्यार्थी ममता भट्टले विश्वास व्यक्त गरिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.