भैंसे-भिमफेदी सडक निर्माण ३ महिनाभित्र सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

भैंसे-भिमफेदी सडक निर्माण ३ महिनाभित्र सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन
सुन्नुहोस्

हेटौंडा : तीन वर्सअघि निर्माण कार्य सुरु भएको संघीय राजधानी काठमाडौं र हेटौंडा जोड्ने भैंसे-भिमफेदी सडकखण्ड समयभित्र निर्माण सम्पन हुने नदेखिएपछि प्रदेश  मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितको टोलीले स्थलगत अवलोकन गरेका छन्।

विसं २०७७ असार २४ गते आशिष डीएस जेभीसँग सम्झौता भई साउन महिनाबाट निर्माण कार्य सुरु भएको उक्त सडकको स्तरउन्नतिको कार्य २ वर्षको थप म्याद दिँदासमेत निर्माण सम्पन हुने छाँटकाट देखिएको छैन। 

मुख्यमन्त्री जम्कट्टेलले आफ्नो विशेष प्राथमिकताको सडकअन्तर्गतको उक्त सडक रहेकाले ३ महिनाभित्र निर्माण सम्पन्न गर्न ठेकदार कम्पनी र कर्मचारीलाई निर्देशन दिएका छन्। दिइएको समयसिमाभित्रै  काम सम्पन नगरे आवश्यक कारबाहीको चेतावनीसमेत मुख्यमन्त्रीले दिएका छन्।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युबराज दुलालले विगतमाको तुलनामा अहिले काम भइरहेको बताए। 'मुआब्जाको समस्याले निर्माण कार्य ढिलो भएको थियो,' उनले भने। स्थानीयले मुआब्जाको माग गर्दै अवरोध सिर्जना गरेपछि निर्माणको कार्य ढिलो भएको उनको भनाइ छ। 'अहिले स्थानीयबाट समस्या छैन। निर्माणकार्यका लागि २ वर्ष थप गर्दै आगामी चैत १२ गतेसम्मको डेटलाइन दिएका छौं,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.