पशु चौपायामा निमोनिया र पोषणको कमी

पशु चौपायामा निमोनिया र पोषणको कमी
सुन्नुहोस्

परासी : नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रका अधिकांश पशु चौपायामा निमोनिया र पोषणको कमी देखिएको छ। पशुपछी तथा मत्स्‍य विकास निर्देशनालय बुटवलले आइतबार सुक्रौलीमा सञ्चालन गरेको पशु स्वास्थ्य शिविरमा उक्त समस्या देखिएको निर्देशनालयका प्रमुख प्रवेशसिंह कुँवरले बताए। ‘शिविरमा ल्याइएका गाई भैँसीमा पोषणसँगै बाझोपनको समस्या र बाख्राहरूमा किर्ना र निमोनियाको समस्या देखिएको छ’, कुँवरले भने। 

नगरपालिकाको सुक्रौली क्षेत्रमा यसअघि लम्पी स्कीन रोगबाट धेरै पशुचौपाया मरेको र पशुचौपायामा रेबिज रोगसमेत देखिएकाले त्यसलाई लक्षित गरेर शिविर सञ्चालन गरेको उनले बताए। उक्त क्षेत्र दूध उत्पादनका लागि समेत राम्रो क्षेत्रका रुपमा मानिँदै आइएको छ। 

किर्ना देखिएका बाख्राहरूलाई इन्जेक्सन दिइएको र बाझोपन देखिएका पशु चौपायाहरूलाई भेटेरिनरी तथा पशु विज्ञ केन्द्रमा उपचारका लागि जान किसानहरूलाई सल्लाह दिइएको उनले जानकारी दिए। 

चार जना पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेको शिविरमा रोगको पहिचान गरी निःशुल्क औषधि वितरण गरिएको थियो। शिविरमा १०, १६ र १५ नम्बर वडाका ३ सय घरधुरीका करिब १५ सय पशु चौपायाको स्वास्थ्य परीक्षण गरिएको निर्देशनालयले जनाएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.