राष्ट्रियसभा निर्वाचन : बागमतीमा १६ जनाको उम्मेदवारी

राष्ट्रियसभा निर्वाचन : बागमतीमा १६ जनाको उम्मेदवारी
सुन्नुहोस्

हेटौंडा : राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेश क्लस्टरतर्फ १६ जनाले उम्मेदवारी दिएका छन्। हेटौंडा प्रदेश निर्वाचन कार्यालयमा गठबन्धन दल, प्रमुख प्रतिपक्षी दल, नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट छुट्टाछुट्टै उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्। 

मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रको तर्फबाट श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीको तर्फबाट घनश्याम रिजालले मनोनयन दर्ता गराएका हुन्। 

त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट विवेक देवकोटा, त्रिलोचन निर्मल पौडेल, धुर्वराज विश्वकर्मा, रोजकुमारी चौलागाईँले पनि आजै मनोनयन दर्ता गराएका छन्। 

राप्रपाको तर्फबाट भने हेमजंग गुरुङ्, पूर्ण बहादुर विश्वकर्मा, बालकुमारी ढल्लाकोटी, भरतमणि भट्ट र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट श्रीकृष्ण महर्जन, कृष्णलक्ष्मी दुवाल, संगीता नेपाली र हिमालयश्वर मुलले पनि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। 

बागमती प्रदेश क्लस्टरको राष्ट्रियसभा सदस्यको आगामी माग ११ गते हुने निर्वाचनको लागि बागमती प्रदेश सभाको तर्फबाट ११० जना, प्रदेशको स्थानीय निकायको तर्फबाट २३७ गरी ३४७ मतदाता रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.