हिउँद जान लागिसक्यो त्रिपालमै बास

जाजरकोट भूकम्प : १६ हजार पीडितले पहिलो किस्ता पाए, ९ हजार मात्र टहरा बने

जाजरकोट भूकम्प : १६ हजार पीडितले पहिलो किस्ता पाए, ९ हजार मात्र टहरा बने
अस्थायी आवासको रकम नपाउँदा त्रिपालको चिसोमा रात काटन बाध्य भूकम्प पीडित । तस्बिर : राजेन्द्र कार्की।
सुन्नुहोस्

जाजरकोट : सरकारले एक महिनाभित्र त्रिपालबाट अस्थायी आवासमा सार्ने घोषणा गरेको भए पनि दुई महिना बित्दा पनि ९ हजार परिवारले मात्र अस्थायी आवास बनाएका छन्। अस्थायी आवास बनिसकेका परिवार पनि उक्त टहराभित्र सर्न सकेका छैनन्। 

सरकारले अस्थायी आवासका लागि भूकम्प पीडितलाई दिने ५० हजार अनुदान मध्य अहिलेसम्म पहिलो किस्ता १६ हजार ६३ परिवारले मात्र पाएका छन्। करीब २० हजार परिवारले अझै पहिलो किस्ताको रकम पाउन सकेका छैनन्। 

जाजरकोटमा ३५ हजार १ सय ४० लाभग्राही कायम भएका छन्। त्यसमध्य अझै २६ हजार अस्थायी आवास बन्न बाँकी नै छन्। हिउँद जान लाग्दा पनि सरकारी ढिलासुस्तीले भूकम्प पीडितहरु त्रिपालको चिसोमै रात काट्न बाध्य छन्। भूकम्पले बाँचे पनि चिसोले मरिन्छ कि भन्ने चिन्ताले पीडितहरुलाई सताईरहेको छ। बैक खाता खोल्नु पर्ने, देशका अन्य ठाँउमा घर नभएको स्वघोषणा, प्रहरी मुचुल्का, घर भत्काउनु पर्ने लगायतका प्रक्रियागत झन्झटका कारण धेरै भूकम्प पीडितले अहिलेसम्म सरकारले दिने भनेको पहिलो किस्ताकै अुनदान रकम पाउन सकेका छैनन्। 

अनुदान नपाउँदा अस्थायी आवास निर्माण प्रक्रिया समेतमा ढिलाई भएको जुनीचाँदे ४ का हरिबहादुर खड्काले बताए। पालिका र वडा कार्यालयको ढिलासुस्तीले रकम पाउन नसकेको बताए। उनले चिसो निकै बढेको बताए। चिसोका कारण गाँउमा रुघाखोकी, निमोनिया र दमले धेरैलाई सताईरहेको उनको भनाइ छ।
 
धेरै भूकम्प पीडितहरु अहिले पनि खाता खोल्नकै लागि बैकमा भीड लाग्नु पर्ने बाध्यतामा छन्। सामाजिक सुरक्षा खातामा रकम हाल्न बैकले नमानेपछि र नगदै रकम दिन सरकार तयार नभएपछि पीडितहरु घण्टौ पैदल हिंडेर बैकमा गएर लाइन लाग्न बाध्य छन्। कतिपय पालिकामा कर्मचारी नहुँदा रकम निकासामा ढिलाइ भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार भूकम्प प्रभावितको अस्थायी आवासका लागि जिल्ला विपत् व्यवस्थापन कोषबाट पालिकाहरुको खातामा निकासा भएको ८४ करोड ९५ लाख ७५ हजारमध्ये २५ करोड २३ लाख २५ हजार रुपियाँ लाभग्राहीको खातामा जम्मा गरिएको छ। 

चिसो बढिरहेको छ। अस्थायी आवासको काम भने कछुवा गतिमा भैरहेको छ। अहिलेसम्म १९ हजार ७७ परिवारले अझै पहिलो किस्ता पाउन सकेका छैनन्। ८४ करोड ९५ लाख ७५ हजार विभिन्न पालिकाको खातामा अस्थायी आवासका लागि रकम गए पनि हालसम्म १६ हजार ६३ लाभग्राहीको खातामा ४० करोड १५ लाख ७५ हजार मात्र गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। 

हालसम्म जिल्लाभर ९ हजार १ सय ६९ अस्थायी टहरा बनेका छन्। तर अधिकांश टहरामा अझै पीडित सर्न सकेका छैनन्। अस्थायी आवासका लागि आवश्यक मालसमान र मजदुरको समेत अभाव हुँदा निर्माण कार्यमा ढिलाई भएको भेरी नगरपालिका ४ का वडाध्यक्ष बसन्तप्रसाद शर्माले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.