विपिनको रिहाइका लागि सरकारले सबै उपाय अपनाएको छ : परराष्ट्रमन्त्री साउद

विपिनको रिहाइका लागि सरकारले सबै उपाय अपनाएको छ : परराष्ट्रमन्त्री साउद
सुन्नुहोस्

महेन्द्रनगर : परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाईका लागि सरकारको तर्फबाट गर्ने सबै प्रयास भइरहेको बताएका छन्।

आइतबार महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ वार्षिकोत्सव समारोहमा बोल्दै उनले जोशीको रिहाइका लागि सरकारले सबै उपायबाट निरन्तर पहल गरिरहेको बताए। 'इजरायल लगायत शाक्तिराष्ट्रसँग विपिनको रिहाइका लागि प्रयास गरिरहेका छौं,' मन्त्री साउदले भने, 'प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफैं गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु।' उनले दोस्रो युद्ध विरामा विपिनको रिहाइ हुनेमा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा विपिनका आमाबुबाले समेत मन्त्री साउदसँग भेट गरेर विपिनको जीवन रक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए। 'कतारले दोस्रो युद्ध विरामका लागि आफूहरू प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किनेछन्,' उनले भने, 'पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परे। अब विपिनको रिहाइ हुनेमा आशावादी छौं।'

उनले अहिले छिमेकीहरूसँगको सम्बन्धसमेत सन्तुलितरूपमा अघि बढिरहेको बताए। 'अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै जादा कटुटता आएकोजस्तो देखिन्थ्यो। छमेकीहरूलाई प्राथमिकता दिएर सन्तुलितरूपमा अघि बढिरहेको छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.