बुटवलमा लागूऔषधसहित युवा पक्राउ
बुटवल : बुटवलमा लागूऔषधसहित युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ धुनिबेसी घरभई हाल पोखरा महानगरपालिका-१७ बस्ने २६ वर्षीय सन्नी गुरुङ रहेका छन्।
सोमबार दिउँसो बुटवल उपमहानगरपालिका-३ स्थित गोलपार्कमा लागूऔषध कारोबार गरेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।
शंकास्पद अवस्थामा हिँडिरहेका उनको साथबाट विभिन्न प्रकृतिका लागूऔषधहरु बरामद गरी लागूऔषध कसुर शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।