गणतन्त्रका नाममा लुटतन्त्र चलिरहेको छ : अध्यक्ष लिङ्देन

गणतन्त्रका नाममा लुटतन्त्र चलिरहेको छ : अध्यक्ष लिङ्देन
सुन्नुहोस्

महेन्द्रनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रका नाममा लुटतन्त्र चलिरहेको आरोप लगाएका छन्। बिहीबार महेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकमा गणतन्त्रका नाममा लुटतन्त्र चलिरहेकाले गणतन्त्र कमजोर बन्दै गएको बताए। 'राप्रपाले महेन्द्रको सालिक राख्ने कुराले गणतन्त्र लगलग काँपेको छ', उनले भने, 'गणतन्त्र भित्र–भित्रै कमजोर भइसकेको छ। ढल्न मात्रै बाँकी छ।'

उनले २०४६ सालयता भ्रष्टाचार मौलाएको बताउँदै राजनीतिक दलका शीर्ष नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने बताए। 'जस-जसले एनसेलको कारोबार गरेका छन्, उनीहरूका आफन्त नै छानबिन समितिका संयोजकदेखि सदस्य छन्', उनले भने, 'सरकार अनियमितता ढाकछोपमा लागेको छ।' 

उनले  एनसेल खरिद बिक्री प्रकरणमा समेत अनियमितता भएको बताउँदै सरकारले बनाएको छानबिन समितिप्रति आशंका व्यक्त गरे। मुलुक सुधारका लागि नयाँ आन्दोलनको विकल्प नभएको बताउँदै राप्रपाले आन्दोलन गर्ने तयारी गरिरहेको उनको भनाइ थियो। 'अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प छैन', उनले भने, 'अहिलेको व्यवस्थाले मुलुकको समस्या समाधान गर्न सकेन।'  

राप्रपाले महेन्द्रनगरस्थित संविधान चोकमा राजा महेन्द्रको सालिक स्थापना गर्न खोजेको थियो। तर, अन्य दलले विरोध गरेपछि स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्न भन्दै सात दिनसम्म निषेधाज्ञा जारी गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.