लुकाएर राखिएका चार लाख मूल्यका पटाका र मदिरा नष्ट
बुटवल : बुटवलमा लुकाइछिपाई राखेका अवैध पटाका र घरेलु मदिरा नष्ट गरिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिहारमा ल्याएर लुकाएर राखिएका चार लाख ३७ हजार ९ सय ८१ रुपैयाँ बराबरको पटाका र मदिरा नष्ट गरिएको हो।
यसैगरी अवैध घरेलु मदिरा तीन सय लिटर बरामद गरिएको प्रहरीले जनाएको छ।