भन्सार छलीको करिब १२ लाखको चिनी बरामद

भन्सार छलीको करिब १२ लाखको चिनी बरामद
सुन्नुहोस्

बुटवल : भारतीय नाका हुँदै अवैधरूपमा भन्सार छलेर ल्याएको चिनी इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीबाट खटेको प्रहरीको टोलीले बरामद गरेको छ। 

रुपन्देहीको मायादेवी गाउँपालिका वडा-५ पर्सहवाबाट भन्सार छलेर अवैधरूपमा चिनी ल्याउँदै गरेको अवस्थामा बुटवल उपमहानगरपालिका वडा-२ का ३२ वर्षीय ईश्वर भुसाल र बुटवल उपमहानगरक वडा-१३ का २० वर्षीय अर्जुन कुँवरलाई प्रहरीले नियन्त्रण लिएको हो।

उनीहरू सवार लु२च २४ नम्बरको बोलेरो पिकअप गाडीमा लुकिछिपी ल्याउँदै गरेको ५६ बोरा चिनीसहित दुई जना युवालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। 

बुधबार विहान २ बजे प्रहरीले उनीहरूलाई चिनीसहित प्रक्राउ गरिएको हो। बरामद गरिएको उक्त चिनीको बजार मुल्य ११ लाख ८२ हजार रुपैयाँ रहेको र भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको भट्टले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.