अन्नपूर्णकर्मी पौडेल पुरस्कृत

अन्नपूर्णकर्मी पौडेल पुरस्कृत
सुन्नुहोस्

काठमाडौं : अन्नपूर्ण पोस्ट दैनिकका संवाददाता रोविन पौडेल ५० हजार रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औं वार्षिक साधारणसभाको अवसरमा पौडेल ‘भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका हुन्।

विगत ८ वर्षदेखि आर्थिक पत्रकारिता गरिरहेका पौडेल पछिल्लो १ वर्षदेखि अन्नपूर्ण पोस्टमा आवद्ध छन्। आर्थिक ब्युरोमा कार्यरत पौडेल खोजमूलक, विश्लेषणात्मक तथा नीतिगत प्रभाव पार्ने आर्थिक समाचार लेख्‍न रुचाउँछन्। 

null

चालु आर्थिक वर्षको बजेट वक्तव्य र सँगै ल्याइएको आर्थिक ऐन, २०८० ले कसरी देशबाट पुँजी पलायन गराउँछ भन्ने विषयमा पौडेलले लेखेको विश्लेषणात्मक समाचारले ५० हजार रुपैयाँ जितेको हो। पत्रकार पौडेल पाटन संयुक्त क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका छन्। 

उनीसँग अन्नपूर्ण पोस्टभन्दा अघि नेपाल समाचारपत्र, बाह्रखरी डटकम र सिंहदरबार डटकम काम गरेको अनुभव छ। नाफिजले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको सहकार्यमा हरेक वर्ष ५० हजार राशीको आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।

नाफिजको १४ औं साधारणसभामा पौडेलसहित ५ आर्थिक पत्रकार पुरस्कृत भएका छन्। सहकारी, कृषि र बीमा विषयमा उत्कृट समाचार लेख्ने थप ४ जना पुरस्कृत भएका हुन्। सो अवसरमा समान ५० हजार रुपैयाँ पुरस्कार राशीको भरतमोहन अधिकारी सहकारी पत्रकारिता पुरस्कार विकास न्यूज डटकमका सीआर भण्डारीले प्राप्त गरे। 

यता निर्जीवन बीमा व्यवसायी संघको सहकार्यमा यसै वर्षदेखि प्रदान गरिएको ५० हजार राशीको ‘जिर्वीवन बीमा व्यवसायी संघ-नाफिज बीमा पत्रकारिता पुरस्कार’ बिमापोस्ट डटकमकी रिना खत्री र अर्थलगानीकी भिमा पन्थीले संयुक्त रुपमा प्राप्त गरे। ५० हजार राशीकै ‘जिर्वीवन बीमा व्यवसायी संघ-नाफिज कृषि पत्रकारिता पुरस्कार’ बाट उकालो डटकमका रितेश त्रिपाठी पुरस्कृत भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.