त्रिशूली जलविद्युतको पहिलो कारोबार आज
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा त्रिशूली जलविद्युत् कम्पनीको आईपीओ सूचीकृत भएको छ।
मंगलबार कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ८९.३८ रुपैयाँदेखि २६८.१४ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ।
कम्पनीको सेयर कारोबारका लागि ‘टीभीसीएल’ संकेत तय भएको छ। कम्पनीको सेयर सूचीकृत भएसँगै बुधबारबाट कारोबारमा आउने छ।