विदुरमा आँखा शिविर
नुवाकोट : आँखाका बिरामीहरूको सुविधाका लागि नुवाकोटको विदुरमा विशेषज्ञ आँखा उपचार शिविर गरिएको छ। नुवाकोटका विभिन्न स्थानमा आँखाको समस्या पहिचान भएकाहरूलाई छनोट गरी शिविर गरिएको हो।
तिलगंगा आँखा प्रतिष्ठान, नुवाकोट सामुदायिक आँखा केन्द्र र नुवाकोट रेडक्रसको आयोजनामा सञ्चालित शिविरमा २ सय १३ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ।
शिविरमा १ हजार ७ सय ५१ जनाको आँखाको परीक्षण गरिएको आयोजक नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिए।
नुवाकोटका २२ स्थानमा दुई सातासम्म सञ्चालन गरिएको मोतियाबिन्दु समस्या छनोट शिविरबाट १ हजार ७ सय ५१ जना बिरामीको आँखा परीक्षण गरिएको हो। शिविरमा २ सय १३ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठले जानकारी दिए।