भूकम्पको इपिसेन्टर पुगेका राष्ट्रपति पौड‍ेलले भने- सबै मिलेर विपद्को सामाना गरौं

भूकम्पको इपिसेन्टर पुगेका राष्ट्रपति पौड‍ेलले भने- सबै मिलेर विपद्को सामाना गरौं
सुन्नुहोस्

जाजरकोट: राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तीको बेलामा कोही छैन भनेर नआत्तिन भूकम्प पीडितसँग आग्रह गरेका छन्। मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोटको रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले हामी सबै मिलेर विपद्को सामना गर्न आग्रह गरेका हुन्।

राष्ट्रपति पौडेलले भने, 'अहिलेको अवस्थामा कोही छैन भनेर नठान्नु होला। हाम्रो सरकार छ भन्ने सोच्नु होला ।'उनले विपद्को समयमा  युद्धस्तरमा काम गर्नुपर्ने उल्लेख गरे

उनले स्थानीय जनप्रतिनिधिहरुलाई भूकम्पको क्षति तथा अवस्थाबारे सही तथ्याङक राख्न र पीडितहरु नठगिउन भन्ने तर्फ सचेत हुन पनि सुझाव दिए। 'दुई तीनवटा घर हुनेले राहात पाउने तर केही नहुनेले पाउँदै नपाउने अवस्था नआओस् । हामी सबै मिलेर विपद्को सामाना गरौं, लोकतन्त्र तपाईंहरूको साथमा छ,'उनले भने।

राष्ट्रपतिले पौडेलले आफू विगतमा झाडापखालाको महामारी हुँदा यस क्षेत्रका जनतासँगै रहेको प्रसंग उल्लेख गर्दै विनकाशकारी भूकम्पको विपत्तिमा दुःख परेको बेलामा पनि स्थानीयको साथमा रहेको बताए। 'यो दुर्भाग्यपूर्ण र प्राकृतिक विपद्को दुःखद घटना हो,तपाईहरूको दुःखमा साथै रहन र राहत र उद्दारमा भइरहेका कामहरूको अवस्था बुझ्न साथै यहाँको अल्पकालिन र दिर्घकालिन पुर्नस्थापनाको प्रबन्धलाई प्रभावकारी बनाउनपर्छ भनेर  यहाँ आएको हुँ,'उनले भने।

उनले स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध तथा दिर्घकालिन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा अहिले नै सोचेर काम थाल्न आग्रह गरे।

सो अवसरमा बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले ४३ सय घरधुरीमध्ये २४० पूर्णरुपमा ध्वस्त भएको,१ हजार ८ सय ९१ उच्च जोखिममा रहेको र १ हजार परिवार विस्थापित भएको जानकारी गराएका थिए। सुरक्षित आवास र दैनिक जीवनयापन सहज बनाउनका लागि ठूलो चुनौती रहेको अध्यक्ष गिरीले बताएका थिए।

भूकम्प प्रभावितहरुको अवस्था बुझन् मंगलबार बिहान जाजरकोट सदरमुकाम खलङ्गा पुगेका राष्ट्रपति पौडेलले त्यहाँ जिल्ला अस्पतालमा उपचाररत घाइतेलाई भेटेका थिए। उनले भूकम्पले क्षतिग्रस्त घरहरुको पनि अवलोकन गरेका थिए।

राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित क्षेत्र पुगेका हुन्।  राष्ट्रपति पौडेलसँगै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का,उर्जामन्त्री शक्ति बस्नेत,जाजरकोटका प्रदेश सांसद,प्रधानसेनापति प्रभुराम शर्मा जाजरकोटा आएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.