जाजरकोट भूकम्प : ३६ जनाको मृत्यु, १०० बढी घाइते, पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध

जाजरकोट भूकम्प : ३६ जनाको मृत्यु, १०० बढी घाइते, पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध

जाजरकोट  : भूकम्प पछि घर भत्केर जाजरकोटमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। जाजरकोटका डीएसपी सन्तोष रोकायले भूकम्पमा परी ३६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ। 

झन्डै १०० जना घाइते भएको र उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।  घाइतेमध्ये ७ जनालाई उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ।

भूकम्पछि ठाउँ-ठाउँमा पहिरो गएको जाजरकोट प्रहरीले जनाएको छ। पहिरो जाँदा जाजरकोट- डोल्पा सडकको रिम्ना सडकखण्ड अवरुद्ध भएको छ।

शनिबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। रातिको समय भएकाले क्षतिको यकिन विवरण आउन सकेको छैना।

भूकम्पबाट मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति भएको अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.