सोलुखुम्बुमा गैरआवासीय नेपालीलाई नागरिकता वितरण

सोलुखुम्बुमा गैरआवासीय नेपालीलाई नागरिकता वितरण
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सोलुखुम्बु : हिमाली जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले  गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरू गरेको छ । प्रशासन कार्यालयले हाल अमेरिकामा बसोबास गर्दै आएका सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङका आङ छिङि शेर्पा(एसी) र छेवाङ शेर्पालाई  बुधबार पहिलो पटक गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । 

शेर्पाद्वयलाई प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले नागरिकता प्रदान गरेका हुन् । करिब ४० वर्षदेखि अमेरिकाको वासिङटन स्टेटमा बस्नदै आएका ५२ वर्षीय आङ छिरिङ(एसी) नेपाल नेपाल सरकारको अमेरिका स्थित अवैतानिक महावाणिज्य दूत समेत हुन् ।

 छेवाङ पनि लामो समयदेखि अमेरिकाको कार्ड होल्डर भएको बताइएको छ । यससँगै जिल्लाबाट पनि अब गैरआवासीय नेपाली नागरिक वितरण सुरु भएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बए। नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा,बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ । 

गैर आवासीय नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर,उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउने कानुनी व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.