जलवायु परिवर्तनको असरसँग लड्न सहयोग गर्छौं : महासचिव गुटेरेस

जलवायु परिवर्तनको असरसँग लड्न सहयोग गर्छौं : महासचिव गुटेरेस
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सोलुखुम्बु  : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएको असरसँग लड्न सहयोग गर्ने बचन दिएका छन् । उच्च हिमाली क्षेत्रको अवलोकनका क्रममा सोमबार सोलुखुम्बुको खुम्जुङ आएका गुटेरेसले जलवायु परिवर्तनको मारमा हिमाली क्षेत्र परेको भन्दै असर न्यूनिकरणका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका हुन्। 

नेपाली सेनाको हेलिकोप्टरमार्फत खुम्बु पासाङ ल्हामु गाउँपालिका- ४ खुम्जुङ आएका गुटेरेसले स्थानीयसँगको अन्तरक्रियामा विकसित राष्ट्रहरुको नियति विकशिल राष्ट्रहरुले भोग्नु परेको भन्दै दुःख व्यक्त गरे।

विश्वका ठूला तथा विकासित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भएपनि त्यसको प्रत्यक्ष मारमा भने नेपालजस्ता साना राष्ट्रहरु परेको उनको भनाइ छ । 

जलवायु परिवर्तनको असर नेपालसहित विश्वकै टाउको दुखाइको विषय बनेकाले जलवायु परिवर्तनको असरसँग लड्न सबैको हातेमालो आवश्यक रहेकोमा महासचिव गुटेरेसले जोड दिए । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरुमा हिउँ पग्लिदै जानु जलवायु परिवर्तनको ठूलो असर भएकाले यसको न्यूनिकरणका लागि सहयोग गर्न राष्ट्रसंघ सधै तयार रहेको उनको भनाइ छ । 

करिब २ घण्टा खुम्जुङमा स्थानीय, अगुवा, पर्यटन व्यवसायी तथा जनप्रतिनिधिसँग अन्तरक्रिया  गरेका गुटेरेससँग खुम्बुका नागरिकहरुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिदै गएको र हिमाल कालापत्थरमा परिणत भएकाले हिमाली बस्ती जोखिममा रहेको बताए ।

हिमालमा हिउँ पग्लिएसँगै हिमाली बस्ती हिमपहिरोको उच्च जोखिममा रहेको उनीहरूको भनाइ थियो । साथै सगरमाथाको फोहोर सफा गर्ने विषय नेपालका लागि निक्कै पेचिलो भएकाले यसमा सहयोग गर्न स्थानीयले संयुक्त राष्ट्रसंघसँग आग्रह गरेका छन् ।

खुम्जुङको होटल एभ्रेष्ट भ्यूमा भएको उक्त कार्यक्रम सकेर गुटेरेस बिहान ९९ बजेति काठमाडौं फर्किएको खुम्बु पासाङ ल्हामु गाउँपालिका- ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.