सोलुमा भालुको आक्रमणबाट ट्युसन पढ्न गएकी बालिका घाइते

सोलुमा भालुको आक्रमणबाट ट्युसन पढ्न गएकी बालिका घाइते
फाइल तस्बिर।

सोलुखुम्बु:सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा भालुको आक्रमणबाट एकबालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही गाउँपालिका -५ की १३ वर्षीया एन्जल पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार आइतबार बिहान ५:३० बजेतिर ट्युसन पढ्न जाने क्रममा वडा नम्बर ४ र ५ को सिमाना लोस्कुमा जंगली भालुले आक्रमण गरेको हो । शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको अस्पताल प्रमुख डाक्टर प्रशान्त शाहले बताए । 

माप्य दुधकोशी गाउँपालिका- ५ को रामपुर माविमा कक्षा ८ मा अध्यनरत पुडासैनी काकु माविमा ट्युसन जाने क्रममा भालुले आक्रमण गरेको बालिकाका बुबा एकराज पुडासैनीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.