लुक्लाको रिसोर्टमा लागेको आगो नियन्त्रणमा

लुक्लाको रिसोर्टमा लागेको आगो नियन्त्रणमा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सोलुखुम्बु : सोलुखुम्बुको पर्यटकीय नगरी लुक्ला बजारको एक रिसोर्टमा लागेको आगो नियन्त्रणमा आएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका -२ लुक्ला स्थित खुम्ब्युला रिसोर्टमा बिहान करिब १० बजेबाट सुरु भएको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको स्थानीय तोया कुमार श्रेष्ठले जानकारी दिए ।

आगो स्थानीय,प्रहरी,नेपाली सेनालगायतको सहयोगमा नियन्त्रणमा आएको हो। आगोले घरको भित्रि भाग तथा भित्र रहेको सबै सामाग्रीहरू जलेर नष्ट भएका छन् भने ढुंगाको घर भएकाले बाहिरी भागमा कम क्षति भएको श्रेष्ठले बताए ।

क्षतिको थप विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उक्त रिसोर्टमा विद्युत सर्ट भएर ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयको भनाइ छ । पर्यटकहरु ब्रेकफास्ट गरिरहेको समयमा एक्कासी रिसोर्टमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त रिसोर्ट स्थानीय चुङ्बा शेर्पाले सञ्चालन गरेको बताइएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.