पहिलो पटक स्काई रेस पिके पिक प्रतियोगिता सोलुखुम्बुमा हुँदै

पहिलो पटक स्काई रेस पिके पिक प्रतियोगिता सोलुखुम्बुमा हुँदै
सुन्नुहोस्

सोलुखुम्बु : सोलुखुम्बुको फाप्लुमा नेपालमै पहिलो पटक स्काई रेस पिके पिक ट्रेल रनिङ प्रतियोगिता हुने भएको छ। 

कोलम्बिया स्पोर्टस वेयर नेपालको सहयोगमा नेपाल ट्रेल सिरिजले आगामी शुक्रबार प्रतियोगिता हुन लागेको बुधबार फाप्लुमा पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो। भविष्यमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको स्काई रेस प्रतियोगिता गर्नुको साथै खेलकुद पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले यस रेस गर्न लागिएको रेस व्यवस्थापक प्रिति खत्रीले जानकारी दिइन्।

रेसमा ५५ किमीको स्काई अल्ट्रा, ३३ किमीको ट्रेल रेस र ५ किमीको फन रन हुनेछ। करिब २ हजार मिटरको उचाई फाप्लुबाट सुरु हुने रेस लोदिङ हुँदै ४१ सय मिटरको उचाईमा रहेको पिके पार परेर पेमा डाँडा, जुनबेशी, थुक्तेछोलिङ, सिमसरी डाँडा, रिङमु हुँदै फाप्लुमै आएर समापत हुने जनाइएको छ। 

सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुबाट सुरु हुने रेस प्रतियोगितामा करिब ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरुले सहभागिताका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ। जसमा १० देशका २० अन्तर्राष्ट्रिय धावक समेत सहभागि हुने खत्रीले बताए। भियतनाम, अमेरिका, नेदरल्याण्ड्स, युक्रेन लागयतका धावकको सहभागिता हुनेछ। 
प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने महिला र पुरुष धावकहरुले क्रमशः समान ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने जनाइएको छ। उक्त पुरस्कार सोलुदुधकुण्ड नगरपालिकाले प्रायोजक गरेको आयोजक नेपाल ट्रेल सिरिज काठमाडौंले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.