महाकाली किनारमा  ‘बीच’ भलिबल प्रतियोगिता सुरु

महाकाली किनारमा  ‘बीच’ भलिबल प्रतियोगिता सुरु
सुन्नुहोस्

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीको तटीय क्षेत्रमा ‘बीच’ भलिबल सुरु भएको छ।

खुल्ला तथा भेट्रान बीच पुरुष भलिबल प्रतियोगिताको सोमबारदेखि सुरु भएको हो। कञ्चनपुर जिल्ला भलिबल संघ र नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डाको संयुक्त आयोजनामा असोज २९ देखि कात्तिक १ गतेसम्म प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक शेरबहादुर सिंहले जानकारी दिए। 

'प्रतियोगितामा खुला तर्फ २३ वटा टिम र भेट्रान तर्फ नौवटा टिमको सहभागिता रहेको छ। पहिलो पटक महाकाली नदी किनारमा बीच भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। यसले पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरेका छौं,' उनले भने। 

उनका अनुसार प्रतियोगिता तीन दिनसम्म चल्ने छ। सोमबार मौसम प्रतिकुलताका कारण खेल सुरु हुन नसकेको र मंगलबार बिहानदेखि खेल हुने उनले बताए।

प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १ लाख, ५० हजार २५ हजार नगद पुरस्कार, भेट्रानतर्फ पनि प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५, १५ र १० हजार रुपैयाँ पुरस्कार निर्धारण गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.