काठेखोलामा एकीकृत घुम्ती सेवा सुरु

काठेखोलामा एकीकृत घुम्ती सेवा सुरु
सुन्नुहोस्

बागलुङ : बागलुङको काठेखोला गाउँपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको छ। बिहीबार वडा नम्बर १ पालाकोटबाट घुम्ती शिविर सुरु भएको हो। 

उक्त शिविरमा चालु आर्थिक वर्ष २०८०/०८१ का विकास निर्माणका योजनाहरूको सम्झौताको साथै अपांगता परिचयपत्र वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य परीक्षण (नसर्ने रोगको स्क्रिनिङ), आयुर्वेद स्वास्थ्य सेवा र कृषि तथा पशु सेवा गरिने गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले जानकारी दिए 

शिविरको पहिलो दिन ८ वडा योजना सम्झौता गरिएको गाउँपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य टिकासंगम विकले जानकारी दिए। यस्तै १०७ जनाले ज्येष्ठ नागरिक परिचयपत्र र २ जनाले अपांगता परिचयपत्र प्राप्त गरेका छन्। 

स्वास्थ्य शिविरमा १२६ जनाको स्वास्थ्य परीक्षण, ७३ जनाले कृषि पशुसेवा र ८६ जनाले आयुर्वेद सेवा प्राप्त गरेको गाउँपालिकाका प्रवक्ता विकले बताए। यस्तै शिविरबाट १ जनालाई श्रम स्विकृति र ६ जनाले वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने कल्याणकारी सेवा प्राप्त गरेका छन्।

शिविरको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष थापाले नागरिकहरूलाई घरदैलोमै सेवा दिने उद्देश्यले एकीकृत शिविर सञ्चालन गरेको बताए। 

शिविरमा बागलुङ नगर अस्पतालका प्रमुख गरिमा खनाल, काठेखोला गाउँपालिका प्रशासन शाखा प्रमुख मनोज कार्की, स्वास्थ्य शाखा प्रमुख सोमराज पाण्डे, योजना शाखा अधिकृत उत्तम पौडेल, सूचना प्रविधि शाखा प्रमुख नारायण पौडेल, कर्षि शाखा प्रमुख भावना रोका, पशुसेवा शाखाका प्रमुख होमबहादुर थापा, आर्युवेद शाखाका प्रमुख गोपाल शर्मा, रोजगार सेवा शाखा प्रमुख जनक पौडेल लगायत गाउँपालिकाका कर्मचारीहरूले सेवा दिएका थिए।

शिविर सबै वडामा सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताए। आश्विन २६ गतेसम्म काठेखोला गाउँपालिकाको सम्पूर्ण वडाहरूमा सञ्चालन हुने शिविरमा योजना सम्झौता, जेष्ठ नागरिक एवं अपांग परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य सेवा, आयुर्वेद स्वास्थ्य सेवा, कृषि एवं पशुसेवा र वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने कल्याणकारी सेवाको सहजीकरण (श्रम स्विकृति) लगायतका सेवा प्रवाह गरिने प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.