अवैधरूपमा सञ्चालन भएको क्रसर तथा बालुवा प्रशोधन उद्योग
बर्दिबासस्थित पूर्व–पश्चिम राजमार्ग जोड्ने रातु पुलदेखि करिब २ किलोमिटर तल खोला किनारमा अवैधरूपमा सञ्चालन भइरहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगको ड्रोनबाट लिइएको तस्बिर। यसरी क्रसर उद्योगको जथाभावी दोहनले नदीको प्राकृतिक बाटो बिगार्नुका साथै वातावरणमा समेत क्षति पुर्याएको छ।
यसरी नदी तथा चुरे दोहनले महोत्तरीको भंगाहादेखि तल्लो भेगमा बढी क्षति भएको एक अध्ययनले समेत देखाएको छ। पछिल्लो समय बढी खेत डुब्नुमा किसानहरूले स्थानीय रातु खोलाको दोहन र जथाभावी बनाइएका बाँधलाई कारण औंल्याएका छन्। तस्बिर : रविन भट्टराई