रैथानेबाली मार्से(लट्टे)मा कागेकिराको प्रकोप

रैथानेबाली मार्से(लट्टे)मा कागेकिराको प्रकोप
सुन्नुहोस्

बाजुरा : बाजुराका विभिन्न ठाउँमा लगाइने मार्से (लट्टे) बालीमा किरा लाग्न थालेपछि किसान चिन्तित बनेका छन्। पाक्नै लागेको मार्सेबाली (लट्टे) मा कागे नामक किराले सखाप पारेको किसानहरुले बताएका छन्।  

मार्सेबालीमा यो किराले आक्रमण गरेको एक दुई दिनमै पुरै बारी खाएर नष्ट गर्ने गरेको खप्तड छेडेदह गाउँपालिका ३ धनाल्तका स्थानीय कृषक टिकबहादुर रावतले बताए। उनले भने, 'मैले करिब एक बोरा बिउ छरेर ठूलो मात्रामा मार्से लगाएँ तर एक्कासी किरा लागेर दुई दिनमै सखाप पारेको बताए। गाउँका अधिकांश किसानहरुले मार्सेबाली लगाउँछन्। सबै किसानको मेहनत किराले सखाप पारिदिएको छ।'

धनाल्तबासीको मुख्य बालीका रुपमा रहेको मार्से किराले सखाप पारेपछि भोकमरी लाग्ने चिन्ता किसानमा थपिएको छ। 

कागेकिरा लागेको दुई दिनमा कृषि ज्ञानकेन्द्र बाजुरामा औषधिका लागि पुगेको थिए। औषधि लिएर पुग्दा पूरै बारी नै सखाप पारेको अर्का किसान टेकबहादुर बुढाले बताए। दुई दिनमै सखाप होला भन्ने कल्पनासमेत नगरेको उनले बताए।   

जिल्ला कृषि ज्ञानकेन्द्रले मार्से बालीलाई रैथाने बालीको सूचिमा राखेको छ। मार्सेबाली कम मिहिनेत गरेर सुख्खा ठाउँमा पनि सहजै उत्पादन गरेर सजिलै भित्र्याउन सकिने भएकाले कृषकहरुले यो बाली लगाउने गरेको कृषकहरु बताउँछन्। मार्सेबाली तराइदेखि ३ हजार ५ सय मिटरको उचाइसम्मको भू-भागमा यसको खेती गरिन्छ। 

यो मध्यपहाडी क्षेत्रको हावापानीमा अत्यन्तै राम्रो फल्ने बाली हो।  बाजुराका अधिकांश भेगमा लगाइने मार्सेबालीलाई अति वा अनावृष्टि भइ खाद्यान्न उत्पादन कम भएका वर्षहरुमा अनिकाल टार्ने मुख्य बालीका रुपमा पनि लिने गरिन्छ। 

उक्त बाली नै किराको संक्रमणबाट जिल्लाभर करिब १० प्रतिशत बढी क्षति भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। यो बाली पाक्ने समयमै कागे नामक किरा सक्रिय भएर खान थाल्ने भएकाले यसको तत्काल नष्ट गर्न कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले अनुरोध गरेका छन्।

मार्सेबालीमा उक्त किरा देखा पर्नासाथ सम्भव भएमा हातले टिपेर मार्ने वा नजिकैको कृषि विकास शाखा तथा कृषि ज्ञान केन्द्रमा सम्पर्क गरेर विषादी लिइ छर्न पनि उनले आग्रह गरेका छन्। बाजुरामा १० हेक्टर क्षेत्रफलमा मार्सेबालीको खेती गरिंदै आएको छ। त्यस्तै जिल्लामा करिब ८ मेट्रिक टन मार्सेबाली उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंकमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.