बाली जोगाउनै मुस्किल

बाली जोगाउनै मुस्किल
जाजरकोटमा बाँदर धपाउन बारीमा बनाइएको गोठ ।
सुन्नुहोस्

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका–४ पिपलचौरका मगबहादुर सिंह बाँदर धपाउन दिनभर बारीमै बस्छन्। बाँदरले मकै खाइदिने र नष्ट गर्ने भएपछि जोगाउन उनले बारीमै कुर्नु परेको हो। चारैतिरबाट बाँदर आएर मकै खाइदिने भएपछि उनको उठेदेखि बेलुकासम्म बारीकै बास हुने गरेको छ। 

पिपलचौर गाउँका किसानहरू हिजोआज बारीमै बस्ने गरेका छन्। बाँदर, दुम्सी र स्यालले लगाएको बाली नष्ट गर्न थालेपछि आफूहरूलाई बर्खे बाली जोगाउनै मुस्किल भएको किसान भागन्त वलीले बताए। यहाँको प्रमुख बाली नै मकै खेती हो। दिनमा बाँदर र रातिमा दुम्सीले मकैबालीलाई नोक्सान बनाएपछि किसान आजित भएका छन्। 

बर्र्खेबाली बाँदर, दुम्सी र स्यालले खाइदिने गरेका छन्। वर्षभरि खान पुग्ने मकैबाली जंगली जनावरले सखाप पारेपछि किसानहरू चिन्तित छन्। जंगली जनावरले मकै सखाप बनाउन थालेपछि बाली जोगाउन बारीमै बस्नुपर्ने बाध्यता रहेको अर्का किसान मनबहादुर खत्रीको भनाइ छ। पहिले बाँदर, दुम्सी र स्यालले कमै मात्र मकैमा क्षति गर्ने गरेकोमा अहिले सबै बाली सखाप पार्न थालेको उनले दुःखेसो पोखे। जिल्लाको अधिकांश भेगमा लगाइएको मकैबाली जंगली जनावरले सखाप पारेपछि किसान चिन्तित भएका हुन्। 

वैकल्पिक बाली नहुने अधिकांश भेगमा मकैबालीलाई मुख्य आधार मान्दै आएका किसान भिœयाउने बेलामा जंगली जनावरको सखाप बनाएपछि निराश भएका छन्। पाक्दै गरेको मकैबाली जंगली जनावरले सक्न थालेपछि आफूहरू अब के खाने भन्ने चिन्ताले सताउन थालेको किसानको गुनासो छ। जंगली जनावरले बालीमा नोक्सान गरेमा पीडित किसानलाई सरकारले राहत दिने व्यवस्था छ। तर जंगली जनावरले गरेको क्षतिको विवरण संकलन गर्ने काम नहुँदा यहाँका किसान राहत पाउनबाट वञ्चित हुने गरेका नलगाड–४ का वडाध्यक्ष बद्री पन्तले बताए। नगरपालिकाबाट राहत दिने कुनै नीति नभएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.