नागरिकता  विधेयकविरुद्धको  रिट न्यायाधीश रेग्मी र फुयालको इजलासमा

नागरिकता  विधेयकविरुद्धको  रिट न्यायाधीश रेग्मी र फुयालको इजलासमा
सुन्नुहोस्

काठमाडौं : नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ।

रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयाल र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ।

यसअघि जेठ २६ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउत र  सुष्मलता माथेमाको संयुक्त इजलासले नागरिकता प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो।

साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारले नागरिकता विधेयक प्रमाणीकरण गराउन  अनुरोध गर्ने जेठ १२ गतेको निर्णयको प्रतिलिपि झिकाउन आदेश दिएको थियो।

सोही विषयमा छलफल गर्न आज दुवै पक्षलाई बोलाएको हो। आज दुवै पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्।

यसअघि जेठ २१ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

राष्ट्रपति पौडेलले संविधान विपरीत विधेयक प्रमाणीकरण गरेको भन्दै जेठ १९ गते वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दिएका थिए।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.