टर्की राष्ट्रपति चुनाव: आज दोस्रो चरणको मतदान

टर्की राष्ट्रपति चुनाव: आज दोस्रो चरणको मतदान
फाइल तस्बिर।
सुन्नुहोस्

टर्कीमा भएको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा अर्दोआनले ४९.५ प्रतिशत मत पाएका थिए भने कमल कलचादारलुले ४४.५ प्रतिशत मात्रै मत ल्याएका थिए ।

टर्की : नयाँ राष्ट्रपतिका लागि टर्कीमा आज दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति रेसेप तैयप अर्दोआन र उनका प्रतिद्वन्द्वी कमल कलचदारलुमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न सकेनन् । त्यसैले अहिले यी दुईबीच दोस्रो चरणको निर्वाचन हुँदैछ ।

टर्कीमा राष्ट्रपति बन्न ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ। कुनै पनि उम्मेदवारले त्यति धेरै मत पाउन सकेन भने दोस्रो चरणको मतदानको अवस्था आउँछ ।

टर्कीमा भएको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा अर्दोआनले ४९.५ प्रतिशत मत पाएका थिए भने कमल कलचादारलुले ४४.५ प्रतिशत मात्रै मत ल्याएका थिए ।

 
अर्दोन २० वर्षदेखि टर्कीमा सत्तामा छन्। टर्कीको इतिहासमा राष्ट्रपति चयनका लागि  पहिलो पटक दोस्रो चरणको मतदान हुन लागेको हो ।  बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.