निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने सरकारको घोषणा

निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने सरकारको घोषणा
सुन्नुहोस्

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने घोषणा गरेका छन्। 

शुक्रबार राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई द्रुत रूपमा अघि बढाउन निर्माण प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन्। 

प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने समेत बताए। हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने उनले बताए।

आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नति गर्ने समेत उनले बताए। नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.