कर पुनरावलोकन गर्ने सरकारको घोषणा

कर पुनरावलोकन गर्ने सरकारको घोषणा
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा कर पुनरावलोकन गर्ने बताएका छन् । शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले राजस्व प्रशासनलाई थप सुदृढ गराई आगामी आर्थिक वर्षमा कर पुनरावलोकन गर्ने घोषणा गरेका हुन् । 

वित्तिय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने बताए । पौडेलले भने,‘सरकारी कार्यालय,विकास समितिलाई गाभ्ने वा खारेज गर्ने र त्यो सम्पत्ति व्यवस्थापन गर्न उचित कानुन प्रवद्र्धन गर्ने व्यवस्था मिलाइनेछ ।’ 

संघ, प्रदेश र स्थानीय तहको बजेट निर्माणदेखि कार्यान्वयनसम्ममा पुँजीगत खर्च वृद्धि गरिने बताए । पौडेलले वित्तिय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने बताए । आगामी आर्थिक वर्ष पुँजीगत खर्चमा वृद्धि गरिने बताए ।

उनले राजस्व प्रशासनलाई चुस्त बनाइने बताए । पौडेलले भने,‘राजस्वको दायरा विस्तार गरिनेछ । आर्थिक क्रियाकलापलाई औपचारिक क्षेत्रमा समेटिनेछ । तिनै तहको बजेट निर्माणदेखि कार्यान्वयनसम्म पुँजीगत  खर्च वृद्धि गरिनेछ । वित्तिय संघीयताको प्रभावकारी कार्यान्वयन गरिनेछ ।’ 

सरकारले कृषि उत्पादनलाई प्रोत्साहन गर्न एक वडा एक विशेष उत्पादन क्षेत्र कार्यक्रम अघि सारिएको बताए । स्थानीय स्तरमा कृषि उत्पादनलाई प्रोत्साहन गर्ने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.