विराट गोल्डकप : आजदेखि सेमिफाइनल खेल, टिकट दर पनि घट्यो

विराट गोल्डकप : आजदेखि सेमिफाइनल खेल, टिकट दर पनि घट्यो
सुन्नुहोस्

विराटनगर : विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकपको सोमबारबाट सुरु हुने सेमिफाइनल खेलको टिकट दर परिमार्जन गरिएको छ।

रात्रिकालीन गोल्डकपमा दर्शकको उपस्थिति र आकर्षण बढाउन आयोजकले टिकटको मूल्य घटाएको हो। विराटनगरस्थित सहिद रंगशालामा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले टिकट दरमा आवश्यक परिमार्जन गरिएको जनाएको छ। 

आयोजकका अनुसार सेमिफाइनल खेलको टिकट दर परिमार्जन गरेर ५ सयबाट ३ सय रुपैयाँ कायम गरिएको छ। दर्शकको माग अनुसार अपांग र ज्येष्ठ नागरिकलाई गोल्डकपमा प्रवेश निःशुल्क गरिएको छ। विद्यार्थीहरूलाई भने टिकट खरिद गर्दा २५ प्रतिशत छुट दिने निर्णय पनि गरिएको गोल्डकपका सह–संयोजक सुभाषिस कोइरालाले बताए। यसअघि ५०० रुपैयाँका दरले टिकट बिक्री हुँदै आएको उनले जानकारी समेत दिए।

प्रतियोगितामा सहभागिताका लागि परिमार्जित मूल्य अनुसार टिकट बिक्री खुल्ला गरिसकिएको आयोजकले जनाएको छ। 

टिकट खरिद बिक्रीका लागि आयोजकले अनलाइन पेमेन्ट प्लाटफर्म खल्तीसँग सम्झौता गरेको छ। विराटनगरस्थित सहिद रंगशालामा सोमबारको पहिलो सेमिफाइनल खेल घरेलु टिम विराटनगर सिटी फुटबल क्लब (बिसीएफसी) र जावलाखेल युथ क्लबबीच हुँदैछ।

जावलाखेलले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गरेको थियो भने विराटनगर सिटीले फुटबल क्लबले नेपाल पुलिसलाई १–० गोलान्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। सोमबारको पहिलो सेमिफाइनल खेल साँझ पौने ७ बाट सुरु हुने आयोजकले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.