दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी, कुटपिट र सुनको सिक्री लुटेको आरोप

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी, कुटपिट र सुनको सिक्री लुटेको आरोप
सुन्नुहोस्

काठमाडौं : गायक तथा मोडेल दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता निरञ्जन भट्टले उनीविरुद्ध उजुरी परेको पुष्टि गरे।

दुर्गेश थापाले कुटपिट गरेको भन्दै एक पीडित प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको प्रवक्ता भट्टले बताए। उनीहरू दुबै जनालाई मंगलबार प्रहरी वृत्त महाराजगञ्जमा छलफलका लागी बोलाइएको छ। 

गत शनिबार म्युजिक भिडियो कलाकार संघले वनभोजको आयोजना गरेको थियो। उक्त वनभोजमा उपस्थित भएका गायक थापाको टोलीले टिकटकर रिदम क्षेत्रीको समूहलाई कुटपिट गरेको थियो। 

प्रहरीका अनुसार थापासहित ३ जनाविरुद्ध महाराजगञ्जमा उजुरी परेको हो। गायक थापाले क्षेत्रीको डेढ तोलाको सिक्रीसमेत लुटेको आरोप लागेको छ। 

प्रत्यक्षदर्शी तथा कलाकार देवेन्द्र क्षेत्रीका अनुसार त्यस दिन उनीहरूबीच झगडा भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.