चलचित्र विकास बोर्डको सदस्यमा केएल पीडित नियुक्त
![चलचित्र विकास बोर्डको सदस्यमा केएल पीडित नियुक्त](https://annapurnapost.prixacdn.net/media/albums/kl-pidit_oH5hjb7Yyu.jpg)
काठमाडौंः चलचित्र विकास बोर्डको सदस्यमा दुईजना नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले बोर्ड सदस्यमा चलचित्र निर्देशक केएल पीडित र निर्माता रवि अधिकारी नियुक्त गरेको हो । अगामी २ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरिएको हो ।
दाङ घर भएका केएल पीडित नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष समेत हुन् । उनले थारु भाषाको फिल्म ‘भुइँयार’ र ‘लावाजुनी’ को निर्देशन गरेका छन् । यस्तै अधिकारी चितवनका हुन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)