छेडागाड नगरपालिकाले उचाल्यो राष्ट्रपति रनिङ्ग शिल्ड

छेडागाड नगरपालिकाले उचाल्यो राष्ट्रपति रनिङ्ग शिल्ड
सुन्नुहोस्

जाजरकोट: १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी छेडागाड नगरपालिकाले जितेको छ।

भेरी नगरपालिकाको वडा १३ कुदुस्थित भगवती माध्यमिक विद्यालयमा सञ्चालन गरिएको रनिङ्ग शिल्डको उपाधी छेडागाडले जितेको  हो। ८ स्वर्ण, ९ रजत, ९ कास्य गरी जम्मा २२ पदक जितेर शिल्डको उपाधी उचालेको हो। 

जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले रनिङ्ग शिल्ड छेडागाड नगरपाकिकाका नगरप्रमुख रत्नबहादुर खड्का र खेलाडीहरुलाई प्रदान गरेका छन्।

यस्तै रनिङ्ग शिल्डमा दोस्रो स्थान नलगाड नगरपालिकाले प्राप्त गरेको छ। उसले ७ स्वर्ण, ७ रजत, ७ कास्य गरी २१ पदक जितेर दोस्रो स्थान प्राप्त गरेको छ। यस्तै तेस्रो स्थान भेरी नगरपालिकाले प्राप्त गरेको छ। ६ स्वर्ण, ३ रजत, ९ कास्य गरी जम्मा १८ पदक जितेको हो।

फागुन १६ गते सुरु भएको रनिङ्ग प्रतियोगिता शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नरबहादुर बस्नेतले जानकारी दिए। 

एथेलेष्टिक, लङ्गजम्प, त्रिपलजम्प, हाईजम्प, सटफुट, कपर्दी, भलिबल लगायतका विधामा पालिका स्तरीय प्रतियोगिता भएको थियो। यसअघि पालिका स्तरमा भएको रनिङ्ग शिल्डमा उत्कृष्ट भएका खेलाडी छनौट गरी पालिका स्तरीय खेलमा सहभागिता गराईएको अध्यक्ष बस्नेतले बताए। 

जिल्लाका सात पालिकाको सहभागिता रहेको यस खेलमा उत्कृष्ट हुने खेलाडीलाई प्रदेश स्तरीय खेलमा सहभागि गराईने भएको छ। विद्यालय तहदेखि खेल सुरु गरेर राष्ट्रिय तहसम्म पुग्न सबै खुड्किला पार गदै गए राष्ट्रिय खेलाडी बन्ने र बनाउने यो महत्वपुर्ण अवसर भएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.