भारतमा दी कन्फेसन

भारतमा दी कन्फेसन
सुन्नुहोस्

काठमाडौं : जगदिश घिमिरेको उपन्यास ‘साविती’बाट प्रभावित भएर तयार भएको नाटक ‘दी कन्फेसन’ भारतको नयाँदिल्लीमा मञ्चन गरिएको छ। नाटक नयाँदिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाको मञ्चमा मञ्चन भएको हो।

नेसनल स्कुल अफ ड्रामा र भारतीय दूतावासको संयुक्त प्रयासमा नाटक मञ्चन भएको निर्देशक विमल सुवेदीले जानकारी दिए। गरिबलाई केन्द्रमा राखेर शासकमाथि गरेका अनेक प्रश्नहरूको संगालोका रुपमा तयार भएको उपन्यासमा आधारित रहेर सन् २०१३ मा विमल सुवेदीले ‘साविती’ नाटक तयार गरेका थिए।

जगदिश घिमिरेले आफ्नो यो उपन्यासमाथि नाटक बनेको हेर्ने लालसा व्यक्त गरेपछि रोगसँग जुधिरहेका उनै घिमिरेको सम्मानमा यो नाटक तयार गरिएको थियो। त्यतिबेला एक सो मञ्चन भएर बन्द भएको नाटकलाई निर्देशक विमल सुवेदीले समसामयिक बनाउँदै नयाँ स्वरुपमा प्रस्तुत गरेका हुन्। भारतमा मात्र यो नाटकले चार पटक स्टेज टेकिसकेको छ। 

यो नाटक भारतमा सन् २०१८ मा नयाँदिल्लीकै साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो। यसको एक वर्षपछि यो नाटक जम्मुकश्मिरमा मञ्चन भएको थियो। यो वर्ष मात्र दुई पटक मञ्चन भएको नाटक आसामको लोर्गी इन्टरनेसनल थिएटर फेस्टिभलमा मञ्चन भएको थियो भने भारतकै नेसनल स्कुल अफ ड्रामामा मञ्चन गरिएको थियो।

अनुराधा मजुमदारले मुख्य भूमिका निर्वाह गरेको नाटकले एकालापको शैलीमा यौन हिंसादेखि सार्वजनिक सरोकारका विषयमा प्रश्न गर्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.