ठेकेदारले भुक्तानी रोक्दा भवन अलपत्र

ठेकेदारले भुक्तानी रोक्दा भवन अलपत्र
सुन्नुहोस्

भारतीय निर्माण कम्पनीले भुक्तानी रोकेपछि भवन निर्माणको काम ठप्प रहेको छ।

हेटौंडा : हेटौंडामा निर्माणाधीन नेपाल भारतमैत्री पोलिटेक्निकल परियोजनाअन्तर्गतको भवन निर्माण कार्य अलपत्र परेको छ। हालसम्म उक्त भवन निर्माण सम्पन्न भएर प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक गतिबिधि अघि बढाइसक्नुपर्ने हो।

तर, भारतीय निर्माण कम्पनीले भुक्तानी रोकेपछि भवन निर्माणको काम ठप्प रहेको छ। यहाँ भवनहरू पिलर उठाएर छाडिएको छ। भवन निर्माण स्थलमा मजदुरहरू भेटिँदैनन्। मूल गेटमा काम रोकएको सूचना टाँस गरिएको छ। २०७६ भदौ १५ बाट निर्माण सुरु गरी २०७८ भदौ १४ गते भवन हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो। उक्त सम्झौतासहित भारतकै सरकारी ठेकेदार कम्पनी टेलिकम्युनिकेशन कन्सल्टेन्ट इन्डिया लिमिटेड टीसीआईएलले आमोद जङ थापाको शान्ति आरोग्य जेभीलाई पार्टनरका रुपमा लिएर काम अघि बढाएको थियो। 

शान्ति आरोग्य जेभीले पुनः पेटी ठेक्काको रुपमा ठेकेदार कम्पनी लियोन कन्स्ट्रक्सन, नेम्वाङ निर्माण कम्पनी, आरएनएस कन्ट्रक्सन सहितलाई ठेक्का दिएको थियो। तर, झण्डै आठ करोड रुपैयाँ भुक्तानी रोकिएको भन्दै नेपालको ठेकेदार कम्पनी शान्ति आरोग्य जेभीले भुक्तानी नहुँदा काम अघि बढाउन नसकेको जनाएको छ। ‘भारतीय ठेकेदार कम्पनीले पैसा नदिएकाले काम रोकिएको छ’, शान्ति आरोग्य जेभीका प्रोजेक्ट मेनेजर दिनेश सापकोटाले भने, ‘रकम अभावमा काम अघि बढाउन सकेका छैनौं।’

भारत सरकारको अनुदानमा भारतकै सरकारी ठेकेदार कम्पनी टीसीआईएलले भवन निर्माणको ठेक्का लिएको थियो। यो परियोजनाका लागि फलामे डण्डी, सिमेन्ट जस्ता सामग्री भारतीय बजार र कम्पनीकै खरिद गर्नुपर्ने र सो कार्य अनुदान रकमबाट आफैंले गर्ने शर्त भारतीय कम्पनीको छ। 

यसले गर्दा पनि नेपाली ठेकेदार पक्षले काम अघि बढाउन सकेका छैनन। मजदुर तथा कामदारको रकम आफूहरूले भुक्तानी गर्न नसकेपछि काम नै रोकिएको निर्माणमा संलग्न ठेकेदार कम्पनी लियोन कन्स्ट्रक्सनका विजय पाठकले बताए। आफूहरूले महिनांैदेखिको रकम भुक्तानी नपाएकोले रकम ज्याला नपाएसम्म भवन निर्माणको काम नै गर्न नसकिने अर्का निर्माण कम्पनी नेम्वाङ निर्माण कम्पनीका उदय नेम्वाङले दुखेसो पोखे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.