पुनर्निर्माण हुँदै कालिका भगवती मन्दिर

पुनर्निर्माण हुँदै कालिका भगवती मन्दिर
पुनर्निर्माण हुँदै गरेको कालिका भगवती मन्दिर।
सुन्नुहोस्

मन्दिर क्षेत्रलाई कलात्मक र पुरातात्विक बनाउन मन्दिरको पूर्वपट्टी सत्तल र हवन अग्नी कुण्ठ बनाइँदैछ।

बागलुङ: धार्मिक पर्यटकीय गन्तव्य कालिका भगवती मन्दिरको पुनर्निर्माण गर्न सुरु गरिएको छ। मन्दिर र कंक्रिट मय बनेका केही संरचनालाई कलात्मक बनाउन पुनर्निर्माण सुरु गरिएको हो।

 
धार्मिक संरचना कंक्रिट मय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यतामा समस्या ल्याएकोले कालीका भगवती मन्दिर र अन्य मन्दिरलाई कलात्मक ढंगले पुनर्निर्माण गर्न सुरु गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। उनले मन्दिर सुधारको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रम अन्तर्गत कालिका मन्दिरको स्वरुपलाई कलात्मक बनाउने काम थालिएको बताए।

‘बाहिरी आबरण नयाँ भएपनि कालिका मन्दिरको भित्री संचना जीर्ण भएकाले कलात्मक स्वरुप देखिनेगरी कालिका मन्दिरको पुननिर्माण गर्न थालिएको हो,’ अध्यक्ष खड्काले भने,‘अहिले मन्दिरको बाहिरी आवरण इटै इटाको छ भने ताम्रापत्रले छाएको छानोसमेत चुईने भएकाले मन्दिरलाई कलात्मक तरिकाले रुपान्तरण गर्न थालेका छौं।’ उनले मन्दिरमा राखिएका पुराना लेपन लगाइएका ईट्टाको ठाउँमा भक्तपुरे ईट्टा र पुराना तामाको छानो चुहिने भएकाले काठ राखेर नयाँ तामाको छानो छाइने बताए।
 
अध्यक्ष खड्काले मन्दिरको मर्मत संभारपछि मन्दिरको बाहिरि संरचना अहिलेको भन्दा बढी कलात्मक र पुरातात्विक बन्ने बताए। मन्दिरको भित्री संरचना मर्मत र तामाको छानो बनाउन ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

मन्दिर क्षेत्रलाई कलात्मक र पुरातात्विक बनाउन मन्दिरको पूर्वपट्टी सत्तल र हवन अग्नी कुण्ठ बनाइँदैछ। हवन कुण्ठको संरचना पक्की बनाइएपनि बाहिर काठका कलात्मक बनाइएको छ।

‘सिमेन्ट र ढुङ्गा जडित संरचनालाई बिस्तारै हटाउँदै कलात्मक बनाउने कालिका मन्दिरको पञ्चवर्षीय योजना हो, भित्री संरचना कंक्रिटको भएपनि बाहिरी संरचना भने कालात्मक, विभिन्न काष्ठकला र धातु जडित सामाग्री प्रयोगबाट निर्माण गर्ने योजना शुरु भएको छ,’ अध्यक्ष खड्काले भने,‘अहिले मर्मत गर्न थालिएको मुख्य मन्दिर, निर्माण गर्न थालिएको सत्तल र हवन कुण्डबाट मन्दिरले आफूलाई कलात्मक बनाउने योजना सुरु गरिएको छ।’
 
पुनर्निर्माणको सम्पूर्ण खर्च मन्दिरको आन्तरिक स्रोतबाट गर्न लागिएको बताए । उनले मन्दिरको सत्तल निर्माणमा ७० लाख र हवन कुण्ड निर्माण गर्न १३ लाख रुपैयाँ खर्चको अनुमान गरिएको खड्काले बताए।

कालिका भगवती मन्दिरमा नेपाल तथा भारतका धार्मिक पर्यटकहरु आउने गर्दछन् । कालिका मन्दिरमा चैत्राष्टमी र बडा दशैमा भक्तजनको घुइँचो हुने गर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.