भारतीयको गोली प्रहारबाट एक जना घाइते

भारतीयको गोली प्रहारबाट एक जना घाइते
सुन्नुहोस्

राजविराज : सप्तकोशी नदीले घेरिएको र भारतीय सीमासँग जोडिएको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार साँझ भारतीयहरूको गोली प्रहारबाट एक नेपाली घाइते भएका छन्। 

गोबरगाढास्थित टप्पुमा भारतीय नागरिकले प्रहार गरेको गोलीबाट महेन्द्र पासवान घाइते भएको स्थानीयले जानकारी दिएका छन्। पासवानको घुँडामा छर्रा लागेको छ।
गोबरगाढाका बिन्देश्वर रामको भैँसी चोरी गरेको आरोपमा गोबरगाढावासीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएका थिए। गोबरगाढामा राखिएका ती भारतीय नागरिकलाई छुटाउन भारत बिहार छतौनीका २५-३० जनाको समूहमा आएका थिए।

नेपाल सीमामा घर बनाई खेतीपाती गर्दै आएका बिहार छतौनीका २५-३० जनाको समूहले फायरिङ गर्दै स्थानीयलाई कुटपिटसमेत गरेको वडाध्यक्ष कुशेश्वर यादवले जानकारी दिए। गोलीको आवाज सुनेर बिहार रतनपुरा चौकीबाट प्रहरीहरू आएको र चार जनालाई नियन्त्रण लिएको सुनिएको वडाअध्यक्ष यादवले जानकारी दिए।

इलाका प्रहरी कार्यालय हनुमाननगर र विओपी टिकुलियाको सशस्त्र प्रहरीको टोली अहिले घटनास्थल पुगेको छ। भारतीयहरूले ६ राउन्ड गोली फायरिङ गरेको सुरक्षा स्रोतले जनाएको छ।

भैँसी चोरेको आरोपमा गोबरगाढावासीले नियन्त्रणमा राखेका भारतीयलाई उनीहरूले लगेको वडाध्यक्ष यादवले बताए। गोबरगाढामा सबैजसो गाई-भैँसी पाल्नेहरू छन्। भारतीयहरूले गाई भैँसी चोरी गरी भारततर्फ लैजाने गरेको गाउँलेहरूको गुनासो छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.